काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आज धुमधामसँग आर्मी अफिसर क्लवमा ५९ औं वार्षिकोत्सव मनाउँदै छ । तर, जहाज पर्याप्त भएर हैन, जहाज विहिन हुँदै गएकाे कम्पनीका रुपमा । निगमले २८ वर्षदेखि उडान गरिरहेको बोइङ जहाज यो वर्षको बार्षिकोत्सवमा एउटा पनि उडानमाै छैन ।
नेपाली आकासमा कुनै बेला एकछत्र राज गर्न सफल निगम अहिले अन्तर्राष्ट्रिय उडानमा ठूलो जहाज विहिन अबस्थामा छ भने आन्तरिक उडानमा पाइलट अभावले उडान विहिन अवस्थामा छ । निगमको अन्तर्राष्ट्रिय उडानको दुईवटा १९० सिट क्षमताको बोइङमध्ये हाल दुईवटै थन्किएको छ ।
एउटा बोइङ ७५७ एसीए विक्रीका लागि राखिएको भएपनि बिक्री हुन सकेको छैन । अर्को बोइङ ७५७ एसीबी विग्रिएर थन्किएको दुई साता नाघिसक्यो । यो जहाजको फ्लाईट सि डक्टको बोल्ड नै खुस्किएकोले मर्मत समय लागेको निगमको इन्निजनियरिङ विभागले जानकारी दिएको छ । यो जहाज बनाउन सिंगापुरबाटै प्राविधिक झिकाइएको छ ।
प्राविधिक आगामी चार दिनपछि मात्रै आइपुग्ने भएका छन् । मर्मत गरेर पनि यो जहाज आगामी २ सातापछि नै इन्जिन बाहेकको सम्पूर्ण मर्मत (सीचेक)का लागि सिंगापुर नै जाँदै छ ।
‘जहाज दुई सातापछि ४५ दिनदेखि २ महिनासम्मलाई मर्मतमा जाने भएकोले अहिले यो जहाज मर्मत गरेर सीचेकमा लाने गरी मात्रै तयारी भएको छ र उडानको लागि हैन’, निगम स्रोतले भन्यो । निगमको उडान शाखाका अनुसार हाल अन्तर्राष्ट्रिय उडानमा २ वटा एयरवस मात्रै बाँकी छ । आन्तरिक उडानमा ट्वीनटर जहाजको सख्यामा ६ वटा छ । यसमा पनि उडान याेग्य भने २ वटा मात्रै छ । त्याे पनि पाइलट अभावकाे मारमा छ ।
४ वटा चिनियाँ जहाज २ वटा मात्रै ट्वीनअटरको उडान गर्ने क्षमतामा भएपनि यसैमा पनि पाइलट अभाव छ । पाइलट अभावले यो जहाज उडान नै गर्न नसकेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानमा जहाजनै अभाव छ अान्तिरकमा पाइलटकाे ।

अन्तर्राष्ट्रिय उडानमा पनि २० प्रतिशत उडान कटौति भइसकेको छ । बोइङले गर्ने उडान निमगले धमाधम कटौती गरिरहेको छ । बोइङ मर्मतमा जाने बेला भुटानी जहाज भाडामा ल्याउने तयारी छ । तर, भुटानी वायुसेवा जम्मा १२४ सिटको मात्रै आउँदै छ ।
वोइङ १९० सिट क्षमताको छ । सिट क्षमता नै घटी भएको जहाज आउने भएकोले पनि उडान अहिले नै घटाउन थालिसकिएको निगम स्रोतको भनाइ छ ।
एयरवसमा पनि पाइलट नै कम भएकोले निममित रूपमा उडान मै समस्या छ । थोरै पाइलट भएकाले मासिक एक सय घण्टा महिना नपुग्दै सकिन्छ । त्यसपछि उडान गर्न नपाइने समस्या रहेको छ । उड्डयन नियम अनुसार कुनै पनि पाइलटले मासिक एक सय घण्टा भन्दा बढी समय जहाज उडान गर्न पाइदैन । निगमको लागि भने पाइलट थोरै भएकोलेले उडान आवर सकिएर पाइलट ग्राउन्डेट हुनुपर्ने समस्याका कारण जहाज उडान नहुने गरेको छ ।
बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै एउटा वोइङ बेच्ने लागेको ६ महिना भैसक्यो अझै विकेको छैन ।
आन्तरिक उडानको विस्तार चिनियाँले जहाज घाँडाे
निगमको आन्तरिक उडान विस्तारको योजना भने चिनियाँ जहाजले नै अड्काएको छ । सरकारले निगमका लागि दुईवटा अनुदानमा चिनियाँ जहाज दिइसकेको छ २ वटै खरिद गरेर भित्र्याइसकेको छ ।

अझै २ वटा नयाँ खरिद गरे ल्याउने प्रक्रियमा नै रहेको छ । चिनियाँ जहाज खरिद गर्न सरकारले आवश्यक रकम भुक्तानी पनि गरिसकेको छ ।
सरकारले चारवटा चिनियाँ जहाज ल्याउन तीन अर्ब ७२ करोड रुपैयाँको ऋण सहयोग लिएको छ । जहाज ल्याउन सरकारले करीब दुई अर्ब २३ करोड रुपैयाँ चिनलाई पठाइसकेको जानकारी दिएको छ ।
एउटा ५६ सिट क्षमताको एमए६० र एउटा १८ सिट क्षमतको वाइ १२ ई अनुदानमा निगमले ल्याइसकेको छ । बाँकी एक एम ६० र तीन वाई १२ गरी चारवटा जहाज किनेको छ । यसमध्ये एम ६० र वाई १२ आइसक्यो भने २ वटा खरिद भएकै वाई १२ जहाज आउनै बाँकी छ । यो जहाज ल्याउने प्रक्रियामा अल्झिएकै कारण निगम आन्तरिक उडान विस्तारमा कमजोर भएको हो ।
निगमसँग एक दशक अगाडि आन्तरिक उडानमा एक दर्जन भन्दा बढि जहाज भएपनि हाल एउटा ट्वीनअटर मात्रै संचालनमा रहेको छ । दुईवटा चिनियाँ जहाज मध्ये एम ६० आंशिक समय संचालन हुने गरेको छ भने वाई १२ करीब नौं महिनादेखि विग्रिएर बस्ने समस्या अझै छ ।