काठमाडौं । आजबाट तीन वटा क्लियरिङ बैंक थपिने भएका छन् । यस अघि ग्लोबल आईएमई बैंकले मात्रै क्लियरिङ बैंकका रुपमा सेयर कारोबारको राफसाफ गर्दै आएको थियो । आजबाट नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले क्लियरिङ बैंकको सेवा आरम्भ गर्न लागेका हुन् ।
नेपाल धितोपत्र बोर्डले पुँजी बजारको आधार ठुलो भएको र कारोबारको भोल्युम पनि धेरै गुणाले बढेको भन्दै सेयर कारोबारको राफसाफका लाग क्लियरिङ बैंकको संख्या थप्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार नै सिडिएसले क्लियरिङ बैंकको संख्या थपेको हो ।
अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ । ‘अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ यसले सेयर कारोबार राफसाफलाई सहज बनाउनुका सार्थ छिटो छरितो एंव लगानी कर्ता मैत्री पनि बनाउनेछ’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने ।