काठमाडौं । नेपाल धितोपत्र बोर्डले काबेली विकास बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।