सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । आइतबार बसेको कम्पनीको विषेश साधारण सभाले उक्त फाइनान्सलाई प्राप्ति गर्ने कम्पनीको निर्णयलाई पारित गरेको हो । साथै, सभाले सगरमाथा फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९५ कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई स्वीकृति समेत प्रदान गरेको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । आइतबार बसेको कम्पनीको विषेश साधारण सभाले उक्त फाइनान्सलाई प्राप्ति गर्ने कम्पनीको निर्णयलाई पारित गरेको हो ।


साथै, सभाले सगरमाथा फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९५ कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई स्वीकृति समेत प्रदान गरेको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७१ करोड पूँजीमा सगरमाथा फाइनान्सको प्राप्तीबाट करिब ७४ करोड रुपैयाँ थप हुनेछ ।

बैंकले ४० प्रतिशत अर्थात १ अर्ब ८८ करोड बराबरको हकप्रद शेयरको लागी आब्हान पत्र दर्ता गरिसकेको भने अल्पाइन र सेती फाइनान्सको प्राप्तीको लागी अन्तिम सम्झौता भएको छ । यी संस्थाको प्राप्तीब।ट थप ५० करोड रुपैयाँ पूंजी वृद्धि हुनेछ । यसरी ८ अर्ब रुपैयाँको पूँजीमा सेञ्चुरी बैंकले नपूग रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यालयहरु करिब ९० वटा हुने छन् ।

Share News