काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज सल्यानको सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६९, ३ हस्पिटल सेवा काउन्टर, ८७ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ ।