अब उपत्यकाका ३५० बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’

<p>काठमाडौं । उपत्यकाका ३५० वटा बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड&#8217; जडान हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुको सुबिधाका लागि त्यस्ता स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेको हो । स्मार्ट स्ट्रिट साइन बोर्डमा बस बिसौनीको नाम, गाडी जाने ठाउँहरु र भाडा दर समेत उल्लेख गरिएको हुनेछ । ‘आफु जाने [&hellip;]</p>

काठमाडौं । उपत्यकाका ३५० वटा बस बिसौनीमा युरोपको जस्तै ‘स्मार्ट स्ट्रिट साइन बोर्ड’ जडान हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरुको सुबिधाका लागि त्यस्ता स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेको हो । स्मार्ट स्ट्रिट साइन बोर्डमा बस बिसौनीको नाम, गाडी जाने ठाउँहरु र भाडा दर समेत उल्लेख गरिएको हुनेछ ।

‘आफु जाने सवारी साधन कहाँबाट लाग्छ भन्ने समेत यात्रुले जानकारी पाउने अवस्था छैन, नयाँ यात्रुका लागि राजधानीको सार्वजनिक यातायात साह्रै कष्ठकर बनिरहेको छ, त्यसैले अब स्मार्ट स्ट्रिट साइन बोर्ड जडान गर्न लागेका हौं’, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले भने ।

स्मार्ट स्ट्रिट साइन बोर्डका लागि सोलार सिस्टम जडान गरिनेछ । सोही सोलारले साइनबोर्डका लागि उर्जा उपलब्ध गराउनेछ भने रात परेपछि वत्ति समेत बाल्नेछ । लामाका अनुसार काठमाडौं मह अगाडीको सडकबाट मात्रै ८६ वटा गन्तव्यका लागि सवारी साधन छुट्छन् । तर कुन ठाँको सवारी साधन कुन विन्दुबाट छुट्न भन्ने जानकारी दिने कुनै व्यवस्था छैन् ।

‘कुन ठाउँबाट कहाँ जाने सवारी साधन लाग्छ भन्नेबारे जानकारी दिने व्यवस्था नभएकाले यात्रुले सास्ती भोग्दै आएको देखेर स्मार्ट स्ट्रिट साइन बोर्ड जडान प्रक्रिया अघि बढाएका हौं’, लामाले भने । महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेहरुको डिजिटल रेकर्ड राख्ने प्रबिधी पनि जडान गर्दैछ । त्यसका लागि २ करोड ५० करोडको नयाँ सर्भर ल्याउने काम अघि बढाईसकेको छ ।

त्यस बाहेक उपत्यकाका बिभिन्न चोकमा १० वटा नयाँ सीसी टीभी समेत जडान हुँदैछ ।

Share News