सोमबारको सेयर बजार सामान्य अंकले उकालो, ४४ करोडको सेयर कारोबार

<p>काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९१ रुपैयाँ रहेको छ ।

सोमबार विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ । सो दिन होटल समूहको परिसूचक ३७ दशमलब १ अंकले घटेको छ ।

Share News