सिभिल बैंक, हामा मर्चेन्ट र यूनिक फाईनान्सबीच एकिकृत कारोबार शुरु

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकिकृत कारोबारको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले गरेका छन् । दुई बैंक प्राप्ती पश्चात सिभिल बैंककोे चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकिकृत कारोबारको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले गरेका छन् ।

दुई बैंक प्राप्ती पश्चात सिभिल बैंककोे चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंककोे निक्षेप ३४ अर्ब ९७ करोड रुपैयाँ र कुल कर्जा ३१ अर्ब २२ करोड रुपैयाँ रहेको छ । छैठौं वार्षिक साधारणसभाले निर्णय गरे बमोजिम ४० प्रतिशत हकप्रद शेयर निकट भविष्यमा निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेकोे चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ ।

यस प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवसायमा थप लगानी गर्न सहज हुने बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।

Share News