एनआईसी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मुगुको गमगढिमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लद्वारा संयुक्त रुपमा भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मुगुको गमगढिमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लद्वारा संयुक्त रुपमा भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News