काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा अनाथ र असहाय बालबालिकालाई सहयोग गरेको छ । उक्त अवस्थामा संस्थाले ४० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संस्थाले सो अवसरमा विभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट बित्तीय साक्षरता कार्यक्रमको आयोजना पनि गरेको थियो ।
संचालनको तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको उक्त संस्थाले हाल सम्ममा १९ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु बिस्तार गरेको छ । साथै, संस्थाले आफ्नो सेवा पूर्याउनको लागी थप शाखा बिस्तार गर्दै क्रमशः ७५ वटै जिल्लामा संस्थाको पहूंच पूर्याउने लक्ष्य राखेको संस्थाका प्रमूख कार्यकारी अधिकृत रामबहादूर यादवले बताए ।