नेप्सेमा एकै दिन एक करोड ९६ लाख कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकै दिन एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । बजारमा एक करोड ८४ लाख ४७ हजार ५३६ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकै दिन एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

सो दिन सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । बजारमा एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

मंगलबार ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता, गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता र प्रभु इन्स्योरेन्सको १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर थपिएको छ ।

त्यस्तै, नागबेली लघुवित्त विकास बैंकको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर थपिएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Share News