काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएकाे लक्ष्मी केयर्स “निःस्वार्थ पहल”ले बर्दियाका किसानलाई पशुपालनमा पाँच लाख रुपैयाँ सघाएको छ । लक्ष्मी केयरले बदिर्यामा ३५ भन्दा ज्यादा पशुको खरिद, गोठ व्यवस्थापन एवम् पशुपालन सम्बन्धी आर्थिक/प्राविधिक र शैक्षिक सहयोग प्रदान गरेको छ ।
लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएको एक गैर नाफा मूलक संस्था हो । यस संस्थाको प्रमुख कार्यक्षेत्र भनेको सम्बन्धित क्षेत्रका अनुभवी संस्थाहरुसँग सहकार्य गरी समाजमा वित्तीय साक्षरता तथा महिला शिक्षालाई प्रबर्धन गर्नु हो ।
यसै सिलसिलामा महिलाहरुले भोग्दै आएको समसामयिक चुनौति, महिला हिंसा तथा आर्थिक रुपमा विपन्न महिलाहरुलाई सहयोग पुर्याउँदै आएको साथी नामक गैरसरकारी संस्थालाई लक्ष्मी केयरस्ले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।