सिटी एक्सप्रेस मनी ट्रान्सफरकाे सेवा अब जापानमा पनि, नेपालीहरुलाई सहज हुने

<p>टोकियो । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा विस्तार गरेको छ । जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ। जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो।ग्रुपका अध्यक्ष महेश कुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको [&hellip;]</p>

टोकियो । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा विस्तार गरेको छ । जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ।

जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो।ग्रुपका अध्यक्ष महेश कुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे।

उद्घाटन समारोहमा फुकुओकामा बसोबास गर्दै आएका करिब दुई सय नेपालीहरुको सहभागिता रहेको थियो।

जापानबाट नेपाल पैसा पठाउने सबैभन्दा भरपर्दो र जापानकै पहिलो नम्वरको सिटी एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा आउने छ । कम्पनीले शाखा सञ्चानलको अवसरमा यो महिनाभर निशुल्क रकम पठाउन पाउने ब्यवस्था समेत मिलाएको छ ।

यस्तै एउटै छानाबाट सेवा दिने उद्देश्यले उक्त भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले पनि कार्यारम्भ गरेको छ।नेपाल जाने हवाई टिकट लिनका लागि अब नेपालीहरुले झण्झट ब्यहोर्नु नपर्ने भएको छ।

यो सेवारम्भबाट फुकुओकामा रहेका नेपालीहरुलाई रकम पठाउने र हवाई टिकट लिने समस्या समाधान हुने कम्पनीले विश्वास लिएको छ।

Share News