टुरिजम बैंकको ८२ हजार संस्थापक सेयर लिलामीमा

<p>काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ । यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यो बैंकले यही असार २९ गतेदेखि साउन ५ गतेभित्र गोप्य शिलवन्दीमार्फत न्युनतन एक सय [&hellip;]</p>

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ ।

यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ ।

यो बैंकले यही असार २९ गतेदेखि साउन ५ गतेभित्र गोप्य शिलवन्दीमार्फत न्युनतन एक सय रुपैयाँ कबोल गरेर आवेदन पेश गर्न आग्रह गरेको छ ।

यो बैंकले उक्त संस्थापक सेयर बोलपत्रद्धारा विक्री गर्न विक्री प्रवन्धको रुपमा एनआईबीएल क्यापिटल मार्केट्सलाई बिक्री प्रवन्धक तोकिएको छ ।

Share News