काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ ।
यो बैंकले यही जेठ २ गतेबाट असार ४ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयरका विक्रीका लागि आवेदन नपरेको सेयर गोप्य शिलवन्दी मार्फत बोलकबोलका आधार विक्री गर्न लागको हो ।
यसको सेयर न्युतम एक सय रुपैयाँमा कबोल गरेर यही असार २९ देखि साउन ५ गतेभित्रै आवेदन दिइसक्नु पर्ने छ । यो बैैंकको उक्त सेयरको विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।