आशा लघुवित्तले एकैसाथ खोल्यो चार नयाँ शाखा

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा तानसेन-पाल्पा, बेलौरी-कञ्चनपुर, कलुवापुर-कञ्चनपुर र गल्छी-धादिङ रहेको छ । गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खडकाले गरेका थिए । साथै, कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र विभागीय प्रमुखहरु जीवन खनाल [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा तानसेन-पाल्पा, बेलौरी-कञ्चनपुर, कलुवापुर-कञ्चनपुर र गल्छी-धादिङ रहेको छ । गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खडकाले गरेका थिए ।

साथै, कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र विभागीय प्रमुखहरु जीवन खनाल र रविन खतिवडाकाको उपस्थिति रहेको थियो । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने तथा प्रत्येक घर परिवारलाई उद्यमि बनाउनको लागी सरल, सहज रुपमा विना धितो कर्जा लगानी गर्ने छ ।

Share News