नेपाल कम्यूनिटीको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केटस् नियुक्त

<p>काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १ शेयर बराबर नयाँ १.२ (१ः१.२) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनाल तथा [&hellip;]</p>

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १ शेयर बराबर नयाँ १.२ (१ः१.२) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनाल तथा एनआईबिएल क्यापिटलकोे तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । बैंकले प्रति शेयर मूल्य १०० रुपैयाँ अंकित दरको २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंककोे हाल कायम चुक्ता पुँजी २२ करोड २ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद शेयर निष्काशन पश्चात् बैंकको पुँजी ४८ करोड ४६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

आ. व. २०७३/७४ को तेस्रो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब ७९ करोड ९९ लाख रुपैँया र कुल कर्जा १ अर्ब ५९ करोड रुपैँँया रहेको छ । साथै सोहि त्रैमासिकमा बैंकले २ करोड ३९ लाख रुपैँया खुद नाफा आर्जन गरेको जनाएको छ ।

Share News