अनलाईन सेयर ट्रेडिङः भदौंमा परीक्षण, कात्तिकमा पूर्ण कार्यान्वयन

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य भइरहेको जानकारी दिएको हो । वाइको कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य भइरहेको जानकारी दिएको हो ।

वाइको कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिँदै भने–‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’उनले भने,‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’

चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए । उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने ।

 

Share News