नेप्सेमा ३ करोड ६९ लाख कित्ता सेयर सूचिकृत, एक करोड २५ लाखको इकाई पनि

<p>काठमाडौं । यस सातामा ३ करोड ६९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो अवधिमा विभिन्न चार वटा कम्पनीको हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा तीन कम्पनीको हकप्रद सेयर र बाँकी एक कम्पनीको साधारण सेयर सूचिकृत भएको छ । महाकाली विकास बैंकको एक लाख ४८ हजार [&hellip;]</p>

काठमाडौं । यस सातामा ३ करोड ६९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो अवधिमा विभिन्न चार वटा कम्पनीको हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

बजारमा तीन कम्पनीको हकप्रद सेयर र बाँकी एक कम्पनीको साधारण सेयर सूचिकृत भएको छ । महाकाली विकास बैंकको एक लाख ४८ हजार २९२ कित्ता, लक्ष्मी बैंकको २ करोड ७९ लाख ०३ हजार ८७३ कित्ता र एनआईसि एशिया बैंकको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको २१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा थिपिएको छ ।

साथै, लक्ष्मी इक्विटी फण्डको एक करोड २५ लाख इकाई नेप्सेमा सूचिकृत भएको छ ।

Share News