काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष जगन बहादुर गुरुङले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष गुरुङले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन , २०७३ बमोजिम उक्त सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक ज्ञानेश्वर पराजुली तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाको उपस्थिती रहेको थियो । साविकका फेवा बैंक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा गाभिई असार २१ गते देखि गण्डकी विकास बैक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्दै आइ रहेको छ ।