काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक बनाउँन हाल मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागले मात्रै पौने तत्काल २ अर्ब रुपैयाँ खर्च गर्दै छन् । मेलम्ची आयोजनाले पाइप विच्छ्याउने काम अन्तिम चरणमा पुराएको छ भने जहाँ जहाँ सडक भत्काएको छ सोही स्थानमा अस्थायी र पाइपको प्रेसर परीक्षणपछि स्थायी पीच गर्ने काम पनि भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजाना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालका अनुसार हाल पौने २ अर्ब रुपैयाँको काम गर्ने गरी प्रक्रिया अगाडि बढेको हो । उनका अनुसार सडक विभागलाई आयोजनाले एक वर्ष अगाडि नै ८५ करोड रुपैयाँ दिने सम्झौता गरेको थियो ।
सोही अनुसार सडक विभागले मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न टेण्डर गरिसकेको छ । विभागले गरेको सम्झौता अनुसार ८५ करोड रुपैयाँसम्म खर्च गर्न पाउँछ भने आयोजनाले नै ११० किमी पाइप विच्छ्याइएका सडक बनाउँन ८७ करोड रुपैयाँको टेण्डर गरेको छ ।
ढकालका अनुसार हाल सडक विभागलाई २० कारोड निकास भैसकेको छ भने हामीले गर्ने खर्च पनि आवश्यक प्रक्रियामा अगाडि बढेको छ । हाल यी दुबै निकायले गर्ने सडक मर्मतको खर्च पौने २ अर्ब रुपैयाँ तय भएको छ । मेलम्ची आयोजनाले गर्ने जम्मा काम अहिले चक्रपथ भित्रको ६७० किमी मात्रै हो । यसमा पनि ६० किमी सडक विभागको जिम्मा छ ।
६७० किमीमा पनि दुइतर्फि गरेर हो एकतर्फि सडक मात्रै भने ३३५ किमी हुन्छ । यसमध्ये हाललाई ११० किमीको सडक मर्मत गर्न ठेक्का भैसकेको र बाँकी कामको पनि प्रक्रिया अगाडि बढेको अयोजनाको भनाइ छ ।
मेलम्ची आयोजनाले ४० वर्षको सहुलियत ऋणका लागि एसियाली विकास बैंकबाट पाएको १६५ मिलियन अर्थात करिब २७ अर्ब रुपैयाँबाट बाटोे बनाउने, पाइप विच्छ्याउने, पानी ट्यांकी बनाउने, घरघरसम्म निःशुल्क धारा जडान गर्ने पानी प्रशोधन केन्द्रसहितका मेलम्चीका सबै काम गर्ने पनि उल्लेख छ ।
यही रकमबाट सडक र पानीको काम हुने भएकोले आवश्यक बजेट जति चाहिएपनि निकासा गर्न समस्या नभएको पनि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।
सडक विभागले भने ८५ करोड रुपैयाँ लिने सम्झौता भएपनि हाललाई ६५ करोड रुपैयाँमा नै ठेक्का गरेको जानकारी दिएको छ । विभागको दायित्वमा रहेका मूल सडकलाई चार भागमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्का छ ।
उहाँका अनुसार अस्थायी पिच र स्थायी दुवै काम गर्न सडक विभागले काठमाडौं डिभिजन सडकअन्तर्गत प्याकेज बनाएको छ । यो प्याकेजअन्र्तगत त्रिपुरेश्वर नारायागोपाल चोकको पूर्वतर्फको सबै मूल सडक रहेको छ ।
दोस्रो प्याकेजमा काठमाडौं डिभिजन सडक दुई अन्र्तगतकै त्रिपुरेश्वर नारायणगोपाल सडकको पूर्वतर्फ बाहेको खण्ड रहेको छ । तेस्रो ठेक्का लतिपुरका सबै सडक र चौथौ प्याकेजको ठेक्काका रूपमा काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक छन् ।
हाल आयोजानले काठमाडौं महानगर, ललितपुर महानगर र उपत्यका सडक विस्तार अयोजनाअन्तर्गत जम्मा ६ सय ७० किलोमिटरमध्ये अधिकांश भित्री सडक रहेको र यसको मेलम्ची आयोजना आफैंले मर्मत गरिरहेको छ ।