काठमाडौं । अमेरिकी अर्बपति वारेन बफेटले एकै दिन ३ अर्ब अमेरिकी डलर भन्दा बढि दान गरेका छन् । उनले सोमबार चार वटा संस्थालाई ३ अर्ब १७ करोड अमेरिकी डलर दान गरेका हुन् ।
उनले हालसम्मकै ठुलो दान गरेको बताएका छन् । वर्क सायर हाथवे कम्पनी मार्फत बफेटले दान गरेका हुन् । १२ औं दान दिवसका अवसरमा वर्क शायर हाथवेको ख वर्गमा रहेको १ करोड ८६ लाख ३० कित्ता सेयर दान दिएका हुन् ।
विश्व सेयर बजारका बादशाहको उपनाम पाएका बफेट ७६ अर्ब ३० करोड अमेकिरी डलर सम्पति सहित विश्वको चौथो धनी व्यक्तिको सूचिमा छन् ।