बिहीबारदेखि नेपाल इन्भेष्टमेन्ट र एस डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबिएल) र एस डेभलपमेन्ट बैंकबीच बिहीबारदेखि एकिकृत कारोबार शुरु हुने भएको छ । दुई बैंक एकआपसमा मर्ज पश्चात नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट औपचारिक रुपमा संयुक्त कारोबार शुरुवात गर्न लागेको हो । एस प्राप्ति पश्चात बनेको बैंकको चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल निक्षेप [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबिएल) र एस डेभलपमेन्ट बैंकबीच बिहीबारदेखि एकिकृत कारोबार शुरु हुने भएको छ । दुई बैंक एकआपसमा मर्ज पश्चात नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट औपचारिक रुपमा संयुक्त कारोबार शुरुवात गर्न लागेको हो ।

एस प्राप्ति पश्चात बनेको बैंकको चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल निक्षेप १२४ अर्ब रुपैयाँ र कुल कर्जा १०७ अर्ब रुपैयाँ पुगेको छ ।

एस बैंक प्राप्ति पश्चात बनेको एनआईबिएल बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।

Share News