चार कम्पनीको ६३ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो ?

<p>काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा सूर्या लाइफ इन्स्यारेन्स कम्पनी र रिलायवल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत [&hellip;]</p>

काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

नेप्सेमा सूर्या लाइफ इन्स्यारेन्स कम्पनी र रिलायवल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो । सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, डेपरोक्स डेभलपमेन्ट बैंकको २५ लाख ७९ हजार २३८ कित्ता र भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

बुधबार नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ ।

Share News