बजारमा ६४ करोडको सेयर कारोबार, चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि

<p>काठमाडौं । बुधबारको सेयर बजारमा ६४ करोड २ लाख बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९, अरुण फाइनान्सको ९.७९, कर्नाली डेभलपमेन्ट [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा ६४ करोड २ लाख बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १५२ कम्पनीको ३५ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा चार वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९९, अरुण फाइनान्सको ९.७९, कर्नाली डेभलपमेन्ट बैंकको ९.७२ र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सो दिन कारोबार भएका समूह मध्ये बीमा, विकास बैंक र बैंकिङ् समूहको परिसूचक क्रमशः २७, ७ र ३ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहको परिसूचक भने सामान्य ओरालो लागेका छन् ।

समग्रमा बुधबारको नेप्से परिसूचक २ दशमलब ५५ अंकले उकालो लागेर १५८७ अंकमा पुगेको छ ।

Share News