हाम्रो विकास बैंकको ४ लाख ५१ हजार कित्ता सेयर लिलामीमा, साउन ५ देखि १२ गतेसम्म आवेदन दिनुपर्ने

<p>काठमाडौं । नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैंकले ४ लाख ५१ हजार १२१ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले ३ लाख ९१ हजार ६३६ कित्ता संस्थापक र ५९ हजार ४८४ कित्ता सर्वसाधारण सेयरको गोप्य शिलबन्दीबाट विक्री गर्ने भएको छ । यो बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला [&hellip;]</p>

काठमाडौं । नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैंकले ४ लाख ५१ हजार १२१ कित्ता सेयरको लिलामी गर्ने भएको छ ।

यो बैंकले ३ लाख ९१ हजार ६३६ कित्ता संस्थापक र ५९ हजार ४८४ कित्ता सर्वसाधारण सेयरको गोप्य शिलबन्दीबाट विक्री गर्ने भएको छ ।

यो बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा उक्त विक्री नभएको सेयरको न्युनतम १ सय रुपैयाँका दरले गोप्य शिलवन्दीमार्फत लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

यसको आवेदन यही साउन ५ देखि १२ गतेभित्र दिइसक्नुपर्ने बैंकले जानकारी दिएको छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।

Share News