मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

<p>काठमाडौं । सरकारले मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्रीले यसअघि गरिबी निवारण तथा शहकारी मन्त्रालयका सचिव थिए । उनले उर्जा मन्त्रालय, उपराष्ट्रिपतिको कार्यालय लगायत निकायमा सचिवको जिम्मेवारी विर्वाह गरिसेका छन् । मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी)को [&hellip;]</p>

काठमाडौं । सरकारले मुख्य सचिव पदमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

क्षेत्रीले यसअघि गरिबी निवारण तथा शहकारी मन्त्रालयका सचिव थिए । उनले उर्जा मन्त्रालय, उपराष्ट्रिपतिको कार्यालय लगायत निकायमा सचिवको जिम्मेवारी विर्वाह गरिसेका छन् ।

मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी)को जागिर खान फिलिपिन्सको मनिला जाने भएपछि क्षेत्री मुख्य सचिवमा नियुक्त भएको हुन् ।

एडिवीको उपकार्यकारी निर्देशकमा मनोनयन भइसकेका सुबेदी वुधवार त्यसतर्फ गएका छन् । उनी आगामी साउन १ गतेदेखि उनी एडिविमा हाजिर हुनेछन्।

 

Share News