नयाँ मुख्य सचिवको प्रस्तावः कर्मचारीको विदेश भ्रमण कटौती गरौं

<p>काठमाडौं । नव नियुक्त मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमण कटौती गर्न प्रस्ताव गरेका छन् । बिहिबार मुख्य सचिव नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले राज्य कोषलाई अरबौं नोक्सानी हुने अनावश्यक विदेश भ्रमणलाई कटौती गर्नुपर्ने धारणा राखेका हुन् । उनले कर्मचारीहरुको विदेश भ्रमण सम्बन्धि नीति नै बनाउनुपर्ने सन्दर्भमा प्रधानमन्त्री शेर बहादुर देउवासँग [&hellip;]</p>

काठमाडौं । नव नियुक्त मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमण कटौती गर्न प्रस्ताव गरेका छन् । बिहिबार मुख्य सचिव नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले राज्य कोषलाई अरबौं नोक्सानी हुने अनावश्यक विदेश भ्रमणलाई कटौती गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले कर्मचारीहरुको विदेश भ्रमण सम्बन्धि नीति नै बनाउनुपर्ने सन्दर्भमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल समेत भैसकेको पनि बताएका थिए ।
उनले बिभिन्न मन्त्रालयका सचिवहरुलाई निर्धारित विदेश भ्रमणमा जाने वा नजानेबारे पनि पुनर्विचार गर्न निर्देशन दिएका थिए । गोरखापत्र दैनिकबाट

Share News