विदेशमा मृत्यु हुने कामदारका परिवारलाई ७ लाख क्षतिपुर्ति

<p>काठमाडौं । विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राज्यले ७ लाख क्षतिपुर्ति दिने भएको छ । सो सम्बन्धी निर्णय केहि दिन अघि मात्रै मन्त्रिपरिषदले गरेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैंयाँ दिने घोषणा गरेका थिए । त्यसको एक बर्षपछि मात्रै सो घोषणालाई मन्त्रिपरिषदले पास गरेको हो [&hellip;]</p>

काठमाडौं । विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राज्यले ७ लाख क्षतिपुर्ति दिने भएको छ । सो सम्बन्धी निर्णय केहि दिन अघि मात्रै मन्त्रिपरिषदले गरेको हो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैंयाँ दिने घोषणा गरेका थिए । त्यसको एक बर्षपछि मात्रै सो घोषणालाई मन्त्रिपरिषदले पास गरेको हो । केहि दिन भित्रै राजपत्रमा प्रकाशन गरेर निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो ।

हालसम्म विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ३ लाख रुपैंयाँ दिईदै आईएको थियो ।
हालसम्म विदेशमा मृत्यु भएका ५ हजार ५ सय ९० जना नेपाली कामदारका परिवारले आर्थिक सहायता लिएका छन् । गोरखापत्र दैनिकबाट

Share News