काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार र बिहिबार दुईदिन गरी थप ४ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले बुधबार झापाको झापाबजार, सिन्धुलीको भिमान, रुपन्देहीको सुरजपुरा र बिहिबार नवलपरासीको त्रिवेणी गरी चारवटा शाखा सञ्चालनमा ल्याएको हो ।
यो समेत बैंकको शाखा कार्यालय संख्या १ सय ७९ वटा, ब्रान्चलेस बैंकिङ सेवा संख्या ९२ वटा, एटीएम संख्या १३० वटा पुगेकाे छ ।
बैंकले गत चैत मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब कर्जा लगानी गरेको छ । साथै, सो अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।