सगरमाथा फाइनान्स प्राप्ति पश्चात सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार शुरु

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । काठमाडौंमा सम्पन्न एक समारोहका बीच उक्त एकीकृत कारोबारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् । सेञ्चुरी कमर्सियल बैंकले ८ अर्ब पूँजी पुर्याउने शिलसिलामा उक्त फाइनान्सलाई एक्वाएर गरेको हो । एकीकृत कारोबार पश्चात् बैंकको जारी पुँजी [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । काठमाडौंमा सम्पन्न एक समारोहका बीच उक्त एकीकृत कारोबारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंकले ८ अर्ब पूँजी पुर्याउने शिलसिलामा उक्त फाइनान्सलाई एक्वाएर गरेको हो । एकीकृत कारोबार पश्चात् बैंकको जारी पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ तथा ६६ वटा शाखाहरु हुनेछन् । निकट भविष्यमा नै बैंकले अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ भने ४० प्रतिशत हकप्रद शेयरका लागि आव्हान पत्र प्रकाशित गरिसकेको छ ।

सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट यसरी सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

Share News