काठमाडौं । गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १८९ कित्ता सेयर लिलामीमा विक्री गरिने भएको छ ।
यो फाइनान्सको संस्थापक ९ लाख ७९३ र सर्वसाधारण तर्फकाे सेयर १ लाख ५४ हजार ३९६ कित्ता सेयरका न्युनतम एक सय रुपैयाँमा विक्री गरिने भएको छ ।
यो सेयरको गोप्य शिलवन्दीमार्फत खरिद गर्न चाहनेले यही साउन १० देखि १९ गतेभित्र आवेदन दिनुपर्ने भएको छ ।
यो फाइनान्सले गत जेठ १ देखि असार ११ गतेसम्म खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको लिलामीमाफर्त विक्री गर्ने भएको छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापीटल मार्केट्स हो ।