काठमाडौं । मंगलबार बजार खुलेको साढे दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिउँसो १ बजेर ३९ मिनेट जाँदा परिसूचक २३ दशमलब ३१ अंकले बढेर १६२७ दशमलब ४६ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक १ दशमलब ४५ प्रतिशतले उकालो लागेको छ ।

बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको छ । सो अवधिसम्म ७६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । १४८ कम्पनीका १२ लाख कित्ता सेयर किनबेच भइसकेका छन् ।
कारोबार समूहका आधारमा पनि बीमा समूहको परिसूचक २८१ अंकले उकालो लागिरहेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागिसकेका छन् ।