भरतपुर महानगरमा २१ करोडको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु

<p>चितवन । चितवनको भरतपुर महानगरपालिकामा २१ करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलका अनुसार केरुङ्गा घोलको पूर्व क्षेत्रका बासिन्दा आर्सेनिक युक्त पानी खान बाध्य भएपछि महानगरका ९, ११ र १२ नम्बर वडाका २ हजार १६ घरधुरीलाई लक्षित गरी सोमबारदेखि औपचारिक रुपमा धनगढा [&hellip;]</p>

चितवन । चितवनको भरतपुर महानगरपालिकामा २१ करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलका अनुसार केरुङ्गा घोलको पूर्व क्षेत्रका बासिन्दा आर्सेनिक युक्त पानी खान बाध्य भएपछि महानगरका ९, ११ र १२ नम्बर वडाका २ हजार १६ घरधुरीलाई लक्षित गरी सोमबारदेखि औपचारिक रुपमा धनगढा खानेपानी आयोजना सुरु गरिएको जानकारी दिए ।

डिभिजनको ७० प्रतिशत र भरतपुर खानेपानी वोर्ड र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानी आयोजनामा शर्मा सगरमाथा जेविले निर्माण गरेको छ ।

उक्त आयोजना आउँदो २०७५ माघ मसान्तसम्मा सम्पन्न हुनेमा बिश्वस्त रहेको उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले जानकारी दिए । ‘यहाँ स्वच्छ खानेपानीको निकै समस्या थियो, अध्यक्ष घिमिरे भन्छन् – भरतपुर खानेपानी वोर्डको सहकार्यमा डिप बोरिङ्गबाट वितरण पानी सबैको पुग्न सकेको थिएन्, अब सबैले स्वच्छ पानी पिउन पाउनेछौँ ।’

 

Share News