काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई ६१ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल रहेको छ ।