नयाँ नियम अनुसार हिमालयन पावरको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

<p>काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको बुधबार बाँडफाँड भएको छ । नयाँ नियम अनुसार न्यूनतम १० कित्ता सेयर सबै आवेदकलाई परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार १० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको ३ लाख ४४ हजार ३०५ [&hellip;]</p>

काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको बुधबार बाँडफाँड भएको छ । नयाँ नियम अनुसार न्यूनतम १० कित्ता सेयर सबै आवेदकलाई परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार १० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको ३ लाख ४४ हजार ३०५ कित्ता सेयर चिठ्ठा(गोला) प्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट जम्मा ३४ हजार ४ सय ३० जना आवेदकलाई फेरी १० कित्ताको दरले सेयर परेको छ । सो मात्राको आवेदकलाई पहिलाको १० र गोलाप्रथाबाट १० कित्ता गरी जम्मा २० कित्ता सेयर परेको छ ।

त्यस्तै, गोलाप्रथाबाट बाँकी रहेको ५ कित्ता सेयर १/१ कित्ताका दरले ५ जनालाई बाँडिएको छ । आवेदकमध्ये पाँच जनालाई पहिलाको १० कित्ता र पछिको एक कित्ता गरी ११ कित्ताका दरले सेयर परेको छ ।

कम्पनीले जारी गरेको २१ लाख ३० हजार ८३४ कित्ता सेयरको लागि जम्मा एक लाख ६३ हजार ७३७ जनाले आवेदन दिएका थिए । कुल आवेदन परेको मध्ये १२६४ जनाको आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले साउनदेखि सबै आवेदकलाई सेयर दिनुपर्ने व्यवस्था लागू गरेपछि सबैले न्यूनतम १० कित्ता सेयर पाएका हुन् । आज बाँडफाँड गरिएको उक्त सेयरमा आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ ।

Share News