एनआईसी एशिया र एनआइबिएलले १५० करोडको इकाई निष्काशन गर्न मागे बोर्डको अनुमति

<p>काठमाडौं । दुई क्यापिटलले १५० करोडको इकाई निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेका छन् । एनआईसी एशिया क्यापिटलले एक अर्ब र एनआइबिएल क्यापिटलले ५० करोडको गरी सो मात्राको इकाई निष्काशन गर्न अनुमति मागेका हुन् । एनआईसी एशिया क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्डको एक अर्ब रुपैयाँकोे इकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले [&hellip;]</p>

काठमाडौं । दुई क्यापिटलले १५० करोडको इकाई निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेका छन् । एनआईसी एशिया क्यापिटलले एक अर्ब र एनआइबिएल क्यापिटलले ५० करोडको गरी सो मात्राको इकाई निष्काशन गर्न अनुमति मागेका हुन् ।

एनआईसी एशिया क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्डको एक अर्ब रुपैयाँकोे इकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार २५ गते नै १० करोड ईकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै, एनआईबिएल क्यापिटलले पनि एनआईबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँकोे इकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार २७ गते नै ५ करोड ईकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा एनआईबिएल क्यापिटल रहेको छ ।

Share News