काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९९२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १९८८ रुपैयाँ रहने भएको छ ।