नेप्से सामान्य अंकले घट्दा एक अर्ब बढीको कारोबार, तीन कम्पनीको सेयर मूल्य ९% बढीले वृद्धि

<p>काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ ।

दिनभर उतारचढाव आएको सेयर बजारमा एक अर्ब चार करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५१ कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् ।

आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक हरिया भएका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

Share News