जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल फाइनान्सलाई १२५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई साउन ६ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Share News