काठमाडौं । विद्यालय पुननिर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ ।
पुननिर्माण प्राधिकरणमार्फत विद्यायल निर्माण गर्न गत आर्थिक बर्षमा ९ अर्ब ८० करोड ८८ लाख रुपैयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ ।
प्राधिकारणका उपसचिव भीष्मप्रसाद भुसालका अनुसार शिक्षाको पुननिर्माणमा छुट्याईएको बजेटको ६७ प्रतिशत मात्रै खर्च भएको । विश्वविद्यालय र विद्यालय पुनर्निमाण गर्न छुट्याईएको ५ अर्ब ५७ करोडभन्दा बढी बजेट खर्च नहुँदा फ्रिज भएको छ ।
शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईकार इमनारायण श्रेष्ठका अनुसार भूकम्पबाट ३१ जिल्लामा ८ हजार ४ सय ११ विद्यायलमा क्षति भएको छ । यसमध्ये गैरसरकारी संस्थाले अस्थायी सिकाइ केन्द्रसहित २ हजार ४ सय ५६ विद्यालय बनाएका थिए । कान्तिपुर दैनिकबाट ।