काठमाडौं । सोमबार अरुण फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १३० रुपैयाँ रहने छ ।