काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको गुर्जुधारामा स्थापना गरी सञ्चालनमा ल्याएको छ । सभासद राजेन्द्र कुमार के.सी.ले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो ।
उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत, कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।