सेयर बजारमा एक अर्ब माथिको कारोबार, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं । सोमबारको सेयर बजारमा एक अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार) बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी, अरुण फाइनान्स, हिमालयन [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजारमा एक अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार) बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी, अरुण फाइनान्स, हिमालयन डिष्टीलरी, राष्ट्रिय बीमा समिति र राष्ट्रिय बीमा समिति प्रमोटर सेयरका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा माई हाइड्रो पावरको ८ करोढ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११०२ रुपैयाँ रहेको छ ।

समग्रमा: नेप्से परिसूचक ६ दशमलब ४८ अंकले घटेर १६२९ अंकमा झरेको छ । त्यस्तै, तीन समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २६ अंकले ओरालो लागेको छ । सो दिन बीमा १००, उत्पादनमूलक ३९ र फाइनान्स समूहकोको परिसूचक ३ अंकले उकालो लागेका छन् ।

Share News