सम्सारा रेमिट र अल जाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । सम्सारा रेमिट प्रा.लि.र अल जाजीरा एक्सचेन्जबीच विप्रेषण सेवाप्रदानगर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि. को तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबुु श्रेष्ठ र अल जाजीरा एक्सचेन्जको तर्फबाट महाप्रबन्धक निदाल सलीमले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम अल जाजीरा एक्सचेन्जको ८(आठ) वटा शाखाबाट [&hellip;]</p>

काठमाडौं । सम्सारा रेमिट प्रा.लि.र अल जाजीरा एक्सचेन्जबीच विप्रेषण सेवाप्रदानगर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि. को तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबुु श्रेष्ठ र अल जाजीरा एक्सचेन्जको तर्फबाट महाप्रबन्धक निदाल सलीमले हस्ताक्षर गरेका थिए ।

यस सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम अल जाजीरा एक्सचेन्जको ८(आठ) वटा शाखाबाट सजिलै सँग पठाउन सक्नेछन् । साथै, सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ४२०० भन्दा वढि सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन् ,भने यसले रकमबुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथावित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गरिदिने समेत व्यवस्था गर्दछ ।

सम्सारा रेमिटले विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दछ ।

यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट र इन्स्ट्यान्ट क्यास जस्ता विश्व प्रशिद्ध कम्पनीहरु सँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धी सेवाविगतदशवर्ष देखि सुलभ र सजिलो सँग प्रदानगर्दै आएको छ ।

 

Share News