१२ लाख २२ हजार रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न

<p>पोखरा । पोखरा लेखनाथ महानगरपालिका-१७ स्थित छोरेपाटनमा रु १२ लाख २२ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । व्यवस्थापिका-संसद् विकास समितिका सभापति एवं कास्की निर्वाचन क्षेत्र नं ३ का सभासद् रवीन्द्र अधिकारीमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँ र बाँकी स्थानीय जनश्रमदान परिचालन गरी सो खानेपानी योजनाको निर्माण सम्पन्न भएको हो । पोखरा–२२ [&hellip;]</p>

पोखरा । पोखरा लेखनाथ महानगरपालिका-१७ स्थित छोरेपाटनमा रु १२ लाख २२ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

व्यवस्थापिका-संसद् विकास समितिका सभापति एवं कास्की निर्वाचन क्षेत्र नं ३ का सभासद् रवीन्द्र अधिकारीमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँ र बाँकी स्थानीय जनश्रमदान परिचालन गरी सो खानेपानी योजनाको निर्माण सम्पन्न भएको हो ।

पोखरा–२२ पुम्दीभुम्दीस्थित वेदगैराको स्रोतबाट लगभग चार किमी लम्बाइको साढे एक इन्ची प्लास्टिकको पाइप विस्तार गरी ल्याइएको उक्त योजनाबाट विभिन्न टोलमा नौवटा सार्वजनिक धारा जडान गरेर खानेपानी सुविधा पुर्याइएको नमूनाटोल, शीतलपथ तथा अमलेमार्ग खानेपानी उपभोक्ता समितिका सल्लाहकार दानबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार रानीवन क्षेत्रमा रु ३५ लाखको लागतमा एक लाख २० हजार लिटर क्षमताको पानीट्यांकी निर्माण गरी छोरेपाटनस्थित सिद्धार्थ राजमार्गको उत्तरी भेगका बासिन्दाको घरघरमा निजी धारा जडान गर्ने योजना रहेको छ । रासस

Share News