घर जग्गाबाट करिब २१ करोड राजस्व, अनलाइन सेवाका कारण राजस्वमा वृद्धि

<p>काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड ७५ लाख राजस्व असुली भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ३७ प्रतिशतले बढी हो । सरकारले गएको आवमा १४ अर्ब ४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले एलआरआईएमएस अनलाइन प्रणाली लागू गरेपछि राजस्वमा उच्चतम वृद्धि [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड ७५ लाख राजस्व असुली भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ३७ प्रतिशतले बढी हो । सरकारले गएको आवमा १४ अर्ब ४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले एलआरआईएमएस अनलाइन प्रणाली लागू गरेपछि राजस्वमा उच्चतम वृद्धि भएको विभागका निर्देशक शुशील प्रसाद आचार्यले बताए । नगरपालिका थपिएको, पुँजीगत लाभकरमा अनुसन्धान गरी यथार्थ कारोबार गर्नलाई प्रोत्साहन तथा अनुगमन गरेकाले राजस्वमा वृद्धि हुँदै गएको हो । हाल नेपालमा २ सय १७ वटा नगरपालिका रहेको छ । सरकारले गत वर्ष नगरपालिका विस्तार गरेको हो ।

एलआरआईएमएस अनलाइन प्रणाली हाल उपत्यकाका सबै मालपोत कार्यालयका साथै अन्य कार्यालयमा लागू भएको छ । विभागले चालू आवमा ३९ वटा मालपोत कार्यालयमा सो सेवा विस्तार गर्ने रणनीति बनाएको छ । ‘प्रणाली सञ्चालनमा आएपछि करछली क्रियाकलापमा न्यूनिकरण आएको छ,’ उनले भने ।

गएको वर्ष संकलित राजस्व अघिल्लो वर्षको भन्दा करिब ६० प्रतिशत बढी हो । अघिल्लो वर्ष विभागले १३ अर्ब ७ करोड ६७ लाख राजस्व संकलन गरेको थियो । विभागले घरजग्गा दस्तुर, जग्गाको मोल, राफराफ तथा पूर्जा विक्री , फूटकर दण्ड  जरिवाना तथा रोक्का शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये सबैभन्दा बढी घरजग्गा दस्तुरबाट बढी राजस्व संकलन भएको छ । गएको वर्ष सरकारले सो शीर्षकबाट १९ खर्ब ३१ करोड राजस्व असुुली गरेको छ । अघिल्लाे वर्ष उक्त शीर्षकबाट ११ अर्ब ९३ करोड राजस्व असुली गरेको थियो ।

Share News