प्रभु बैंकले ल्यायो शैक्षिक संस्थाहरुलाई उपयोगी ई शिक्षा पोटल

<p>प्रभु बैंकले ल्यायो शैक्षिक संस्थाहरुलाई उपयोगी ई शिक्षा पोटल प्रभु बैंकले शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोटल ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनूले समुद्भाटन गरेका छन् । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विस्वास प्रभु बैंकले लिइएको छ । यो पोर्टल भारत [&hellip;]</p>

प्रभु बैंकले ल्यायो शैक्षिक संस्थाहरुलाई उपयोगी ई शिक्षा पोटल

प्रभु बैंकले शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोटल ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनूले समुद्भाटन गरेका छन् ।

शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विस्वास प्रभु बैंकले लिइएको छ ।

यो पोर्टल भारत स्थित ई शिक्षा कम्पनीले निर्माण गरी ५०० भन्दा बढी भारतीय शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको उक्त ई शिक्षा प्रणाली एवं कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नु रहेको बताइएको छ । साथै, अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायिक हुने विश्वासका साथ प्रभु ग्रुपले सामाजीक उत्तरदायित्व अन्तरगत रहेर यो कार्य नेपालमा अघि बढाएको जनाएको छ ।

विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजीरी, परिक्षा, परामर्श, बिज्ञापन, अनलाइन जाँच, लगायतका सुविधा एवं चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन गरिने बताइएको छ । ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने तथा अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रष गर्न सक्ने जानकारी दिइएको छ ।

Share News