महालक्ष्मी विकास बैंकको संचालन नाफा १ अर्ब १० करोड

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा हासिल गरेको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेको यस बैंकले २०७४ साल असार मसान्त सम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा हासिल गरेको छ ।

साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेको यस बैंकले २०७४ साल असार मसान्त सम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै, बैंकले सो अवधिमा २० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरि सकेको छ ।

यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

Share News