जापानी राजदूतद्वारा अटोमेटिक बिडेट शोरुम उद्घाटन, विभिन्न समस्याको समाधान हुने

<p>काठमाडौं । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले “आर्का ब्यु लेट” नामक स्वचालित बिडेटको विशेष शोरुमको उद्घाटन गरेका छन् । नेपालमा हाल विद्यमान शौचको स्वच्छता सम्वन्धी विभिन्न समस्याहरुको समाधानका लागि नेपाली बजारमा यो स्वचालित साधन ल्याइएको हो । आर्का ब्यु लेट जापानी कम्पनी “आर्का कम्पनी लिमिटेड”को उत्पादन हो । नेपालमा यसको आयात तथा विक्री वितरण [&hellip;]</p>

काठमाडौं । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले “आर्का ब्यु लेट” नामक स्वचालित बिडेटको विशेष शोरुमको उद्घाटन गरेका छन् । नेपालमा हाल विद्यमान शौचको स्वच्छता सम्वन्धी विभिन्न समस्याहरुको समाधानका लागि नेपाली बजारमा यो स्वचालित साधन ल्याइएको हो ।

आर्का ब्यु लेट जापानी कम्पनी “आर्का कम्पनी लिमिटेड”को उत्पादन हो । नेपालमा यसको आयात तथा विक्री वितरण एकल वितरण कर्ता हिमालयन ओभरसीज ट्रेडिङ्गले गर्नेछ ।

राजधानीको बबरमहल स्थित हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको परिसरमा आयोजितभव्य समारोह बिच उक्त शोरुमको उद्घाटन सम्पन्न भएको हो । समारोहलाई राजदूत ओगावा, आर्का कम्पनी लिमिटेडका प्रेसिडेन्ट किटाजिमा तोशिनोरी तथा हिमालयन ओभरसीज ट्रेडिङ्गका प्रोप्राइटर झनक खनालले सम्बोधन गरेका थिए ।

आर्का ब्यु लेट एक स्वचालित विडेट हो जसले शौचक्रिया पछि हातले सफाई गर्नुपर्ने वा ट्वाइलेट पेपर प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्ति दिन्छ । यसमा सीट न्यानो पार्ने, स्वचालित ड्रायर, पानी मनतातो पार्ने, गन्ध हटाउने जस्ता सुविधाहरु समावेश छन् । २२० भोल्टको बिद्युतशक्तिले चल्ने यस बिलेटमा दुई वर्षको वारन्टी उपलव्ध छ ।

प्रायःअर्धचन्द्राकार भएका कमोडहरुमा यसलाई रे ट्रोफिट गरी प्रयोगमा ल्याउन सकिन्छ । पानीलाई स्वच्छ राख्न एन्टिब्याक्टेरियल फिल्टर सहितको विडेट पनि उपलव्ध छ । सामान्य पानीको प्रयोग भएको अवस्थामा यो फिल्टरले छ महीना सम्म काम गर्छ ।

नेपालमा आर्का ब्यु लेटको विक्री वितरण हिमालयन ओभरसीज ट्रेडिङ्गको एकल स्वामित्वमा हुनेछ । हिमालयन ओभरसीज ट्रेडिङ्ग ’क’ श्रेणीको निर्माण कम्पनी हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको भगिनी संस्था हो ।

Share News